Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


प्रमुख प्रशासकीय अधिकृतको सरुवामा चरम बेथिति


780
Shares

काठमाडौं । स्थानीय निर्वाचन नजिकिँदा प्रमुख प्रशासकीय अधिकृतको सरुवामा चरम बेथिति देखियो। निर्वाचन आचारसंहिता लागु हुने अघिल्लो दिनसम्म पनि प्रमुख प्रशासकीय अधिकृतको सरुवामा चलखेल भयो।

चैत १८ मा एकै दिन संघीय मामिला मन्त्रालयले सर्लाहीको कविलासी नगरपालिकामा दुईजना प्रमुख प्रशासकीय अधिकृत पठायो। सर्लाहीको हरिओन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश प्रधानलाई कविलासीसमेत हेर्न गरी जिम्मेवारी दिइयो। श्यामकिशोर यादवलाई पनि त्यसै दिन कविलासीको प्रमुख प्रशासकी अधिकृतको जिम्मेवारी दिइयो।

यसैगरी भक्तपुरको सूर्यविनायक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कँडेललाई संघीय मामिला मन्त्रालयले चार महिनाअघि नै सरुवा गरेको हो तर उनी सूर्यविनायकमै कार्यरत छन्। चुनाव नजिकिँदै जाँदा पालिकाका प्रमुख–उपप्रमुखको दबाबमा प्रमुख प्रशासकीय अधिकृतहरू छन्।

डडेलधुराका अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्द मंगलबार राजीनामापत्र बोकेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखामा पुगेका थिए। अनिवार्य अवकाश पाउनै लागेका बेला राजीनामा नबुझाउन सुझाव दिइयो। प्रशासन शाखाका कर्मचारीहरूसँग चन्दले चुनावको मुखमा आफूलाई कानुनबाहिर गई काम गराउन खोजिएको गुनासोे गरे।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

Skip This