विराटनगर, चैत ११ । नेपाल–भारत सीमास्थित विराटनगरको रानी नाकामा २९ जना नेपाली अलपत्र परेका छन् ।
मंगलबार बिहान भारतका विभिन्न सहरबाट स्वदेश फर्किएका नेपाली रानी नाकाको मूल प्रवेशद्वारमै सुरक्षाकर्मीले रोकेपछि उनीहरु अलपत्र परेका हुन् ।
भारतको दिल्ली, गुजरातलगायतका सहरमा कोरोना संक्रमण देखिएपछि उनीहरु मंगलबार बिहान ७ बजे जोगवनीबाट नेपाल प्रवेश गरेका हुन् । उनीहरु पूर्वी नेपाल भिन्न ठाउँका रहेका छन् ।
उनीहरुले सशस्त्र प्रहरी बलले सीमामा लगाएको ढाटनजिकै बिहानैदेखि उभ्याएर राखेको गुनासो गरेका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सीमा बन्द रहेको बेला आवतजावत पनि बन्द भएको जानकारी दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्