Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


दश लाख शून्य ब्याजमा ऋण दिने सरकारको तयारी


32.9k
Shares

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गएर नेपालमा १० लाख बराबरको पैसा पठाउँदा १० लाख शून्य ब्याजमा ऋण दिने सरकारको तयारी गरेकाे छ ।

श्रममन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा गएर नेपालमा १० लाख बराबरको पैसा पठाउँदा १० लाख नै विना ब्याज सिमित समयको लागि ऋणदिने व्यवस्था सरकारले गर्न लागेको बताउनु भयो।

श्रममन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा गएर श्रमिकले कमाएको रेमिटेन्सबाट नै देशको अर्थतन्त्र चलेको भए पनि वैदेशिक रोजगारीमा जाँदा ठगिने अवस्थाको अन्त्य गर्न नसकिएको बताउनुभयो ।

सम्मानित हुने उद्यमी शंकरकुमार ओलीले खाडी मुलुकबाट फर्किर नेपालमा आएर सानो उद्यम गर्दा राज्यले सम्मान गर्दा सपना जस्तो लागेको बताउनुभयो । अर्का उद्यमी हरिप्रसाद जैसीले कोरियामा सिकेर आएको सिपलाई नेपालमा प्रयोग गर्दा सम्मान पाएकोमा खुसी लागेको बताउनुभयो ।

वैदेशिक रोजगारबाट फर्किएर नेपालमा नै उद्यम गर्नेलाई बैंकले सहुलियत कर्जा दिए नदिएको मन्त्रालयले अनुगमन गर्ने भएको छ । त्यस्तै, वैदेशिक रोजगारबाट फर्किएर नेपालमा नै उद्यम गर्ने ८ जना उद्यमीहरुलाई सम्मान गरेको छ ।

शुक्रबार मन्त्रालयमा भएको कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्की नेपालमा उद्यम गरेका ८ जना उद्यमीहरुलाई उत्कृष्ट उद्यमी राष्ट्र पुरस्कारले सम्मान गरेको हो ।