Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


नेपालगन्जमा अस्थायी ‘क्वारेन्टाइन’मा राखिएका करिब ३०० जना भागे


0
Shares

नेपालगन्ज, चैत ११ । नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अस्थायी ‘क्वारेन्टाइन’मा राखिएका करिब ३०० जना भागेका छन् ।

सोमबार बाँकेको जमुनाहा नाकाबाट भित्रिएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।

उनीहरु भागेपछि जिल्ला सुरक्षा समितिको बैठकले सो स्थानमा कडाइ गर्ने निर्णय गरेको छ ।

अहिले क्वारेन्टाइनमा २०० जनामात्र बाँकी छन् ।

यता, ‘लकडाउन’ घोषणासँगै नेपालगन्ज बजार पूर्णरुपमा बन्द छ ।

बजारमा मानिसहरु हिँडेका छैनन् भने सवारी–साधनसमेत चलेका छैनन् । केही पैदलयात्रीलाई सुरक्षाकर्मीले सम्झाइ–बुझाइ फर्काएका छन् ।