
काठमाडौ । पशुपति विकास कोष र होटल आनन्दबीच भएको करार सम्झौता रद्द नगर्न जिल्ला अदालत काठमाडौंले अन्तरकालीन आदेश दिएको छ ।
पशुपति विकास कोषको धर्मशालामा बतास समूहको होटल आनन्द प्रालिले सञ्चालन गरेको होटल सञ्चालनका लागि अदालतले यस्ताे आदेश दिएकाे हाे । पशुपति विकास कोषले एकतर्फी रुपमा करार रद्द गरेपछि होटल आनन्द अदालत पुगेको थियो । जिल्ला न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले शुक्रबार अन्तरकालीन आदेश दिएको हो ।
अदालतले करार रद्द गर्नुको कारणबारे लिखित जवाफ दिनसमेत पशुपति विकास कोषका नाममा कारण देखाऊ आदेश दिएको छ । अन्तरकालीन आदेश दिएपछि जिल्ला अदालत काठमाडौंले पशु्पति विकास कोषका नाममा म्यादसमेत जारी गरेको छ ।
१५ दिन भित्र लिखित जवाफ पेस गर्न र अन्तकारकालीन आदेशअनुसार व्यवसायमा कुनै असर नपार्न समेत अदालतले आदेश दिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्