 
	    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसको महामारी तीव्र रुपमा फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।
गत डिसेम्बरमा चीनको वुहान शहरबाट सुरु भएको कोरोनाबाट संक्रमतिको संख्या बढ्दै गएको भन्दै डब्लूएचओले चिन्ता व्यक्त गरेको हो ।
विश्वव्यापी रुपमा महामारी सुरु भएको ६७ दिनमा संक्रमितको संख्या एक लाख पुगेको थियो भने बाँकी ११ दिनमै थप एक लाख नयाँ संक्रमित देखा परेका थिए ।
त्यसैगरी संक्रमितको संख्या दुई लाख पुगेको चार दिनपछि नै उक्त संख्या बढेर तीन लाख नाघेको छ ।
संक्रमित र मृतकको संख्या बढ्दै गएपछि डब्लूएचओका महानिर्देशक ट्रेडोस अडानोम गेबेरियससले महामारी नियन्त्रणका लागि चेकजाँच र भाइरसको परीक्षणलाई प्रभावकारी बनाउनुपर्ने बबताएका छन् ।
उनले भाइरसको संक्रमणलाई परास्त गर्न प्रभावकारी रुपमा सुरक्षाका उपाय अपनाउनुपर्ने पनि बताए ।(एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्