Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


कोरोनाका कारण मन्दिरहरु सुनसान, पशुपतिनाथमा गंगा आरतीसमेत रोकियो


0
Shares

खिलनाथ ताजपुरिया र राजेन्द्र नापित (इमेज)

काठमाडौं, चैत १० । कोरोनाभाइरसबाट सतर्कता अपनाउने उद्देश्यले काठमाडौंका केही मन्दिरहरुमा नियमित नित्य पूजाबाहेकका गतिविधि निषेध गरिएको छ ।

सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने नियम लागू गरेपछि मन्दिरहरु पनि सुनसान बनेका हुन् ।

काठमाडौंको सुन्धारास्थित संकटा मन्दिर । यो मन्दिरमा बिहान–बेलुका पूजा गर्ने भक्तजनहरुको भीडभाड हुने गर्दछ ।

तर, संकटा संरक्षण तथा व्यवस्थापन समितिले कोरोनाभाइरस नियन्त्रण गर्ने उद्देश्यले मन्दिरमा नियमित नित्य पूजाबाहेक भक्तजनहरुका लागि प्रवेश निषेध भन्दै सूचना टाँस गरी मन्दिर बन्द गरिएको छ ।

भद्रकाली मन्दिर । त्यहाँ पनि हरेक वर्ष मनाइने नेवार समुदायको लुँमधिं भद्रकाली जात्रा (पाँहाचर्‍ह्रे) का सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको सूचना लमधिं भद्रकाली जात्रा व्यवस्थापन समितिले टाँसेको छ ।

मन्दिरमा अहिले नियमित नित्य पूजामात्र हुँदा भक्तजनको भीडभाड कम भएको छ ।

मन्दिर नै बन्द गरिनुचाहिँ आफूलाई चित्तबुझ्दो नभएको भद्रकाली मन्दिरका पुजारीको गुनासो रहेको छ ।

यस्तै, महाकाँल मन्दिरसहित पशुपतिनाथ मन्दिरमा पनि नियमित नित्य पूजा हुने गरेपनि भक्तजनहरुको भीड पातलो हुँदा मन्दिर नै सुनसान देखिएको छ ।

पशुपतिनाथमा नियमित नित्य पूजा भएपनि गंगा आरती रोकिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडा बताउँछन् ।

कोरोनाबाट सतर्कता अपनाउन मन्दिरमात्र होइन, जस्तोसुकै भीडभाड हुने स्थलबाट टाढै रहनु ठीक हो ।

भिडियो हेर्नुहोस्