 
	    काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि दलहरू चुनावी प्रचारप्रसारको तयारीमा छन् । दलहरू हाल चुनावी नारा बनाउनेदेखि घोषणापत्र तयार गर्नेसम्मको काममा व्यस्त छन् ।
सत्ताको नेतृत्व सम्हालेको प्रमुख दल नेपाली कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ नारा तय गर्दै गत २९ फागुनबाट नै स्थानीय तह निर्वाचनका लागि गाउँ पसेको छ भने कांग्रेसले केन्द्रीय तहमा घोषणापत्र बनाउने जिम्मा महामन्त्री गगन थापालाई दिएको छ ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीले नीतिगत विषय समावेश गरेर केन्द्रबाट बनाउने घोषणापत्रलाई स्थानीय तहले स्थानीय आवश्यकताका आधारमा छुट्टै घोषणापत्र बनाउन सक्ने जानकारी दिए ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्