Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


चितवनको नाकामा कडाइ


0
Shares

चितवन, चैत १० । कोरोनाभाइरसको संक्रमण रोक्न चितवनमा पनि लामो दूरीको बस सञ्चालनमा रोक लगाइएको छ ।

चितवन प्रवेश गर्ने मुख्य नाकाहरुमा प्रहरी तैनाथ गरी बाहिरी जिल्लाबाट आएका यात्रीवाहक बसहरुलाई जिल्ला प्रवेशमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्लाका मुख्य नाकाहरु लोथर, पुलचोक, मुग्लिङ र मौवाखोलामा ‘चेकप्वाइन्ट’ राखेर अन्य जिल्लाबाट आएका बसलाई जिल्ला प्रवेशमा रोक लगाइएको र बसहरुलाई फिर्ता पठाइएको छ ।