Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


बूढीगण्डकी डुबान क्षेत्रका संरचना र बोटबिरुवाको मुआब्जा निर्धारण


130
Shares

धादिङ । राष्ट्रिय गौरवको जलाशयुक्त बूढीगण्डकी आयोजना मुाअब्जा निर्धारण समितिले धादिङ र गोरखा जिल्लाका डुबान क्षेत्रमा पर्ने भौतिक संरचना र बोटबिरुवाको मुआब्जा निर्धारण गरेको छ । यसअघि सर्भेक्षण गरी लिइएको तथ्यांकका आधारमा घरगोठ तथा अन्य भौतिक संरचनाको समेत नापजाँच र विवरण संकलनका आधारमा फलफूल तथा बिटबिरुवाको दररेट विश्लेषणका आधारमा मुआब्जा निर्धारण गरिएको हो ।

यसैगरी नेपाल सरकार मन्त्रीपरिषद्को गत पुस ३० गतेको निर्णयको आधारमा मुआब्जा निर्धारण गरिएको बूढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाइका प्रमुख जगतकुमार श्रेष्ठले जानकारी दिए ।

मुआब्जा निर्धारणका लागि आयोजनाबाट नापजाँच गरी भौतिक संरचनाको तथ्यांक संकलन कार्य सम्पन्न भएपपछि निर्माण भएका संरचनाहरुको मुआब्जा रकम नदिने निर्णय भएको छ । साथै क्षतिपूर्ति वितरण गरी आयोजनाको नाममा भएका घरगोठ लगायत भौतिक संरचना, बोटबिरुवा सुरक्षित संरक्षणको व्यवस्था गर्न जिम्मा दिनेसमेत निर्णय गरेको छ । क्षतिपूर्तिको रकम वितरण गर्दा प्रचलित ऐननियम निदेर्शिकय र कार्यविधि अनुसार गर्ने निर्णय गरिएको आयोजना प्रमुख डा. श्रेष्ठले जानकारी दिए ।

यो समाचार आजको कारोबार दैनिकमा छ ।