Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


गड्डाचौकी नाका हुँदै नेपाल भित्रिनेको विवरण वेवसाइटमा राखिने


0
Shares

कञ्चनपुर । गड्डाचौकी नाका हुँदै नेपाल भित्रिनेहरुको विस्तृत विवरण संकलन गरि वेवसाइटमा राखिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले यस नाकाबाट भित्रिनेको विस्तृत विवरण संकलन गरी वेवसाइटमा राख्ने तयारी सुरु गरेको हो ।

यसअघि स्थानीय प्रशासनले कर्मचारी खटाएर गड्डाचौकी नाकाबाट नेपाल भित्रिनेको विस्तृत विवरण संकलन गरेको थियो ।

संकलन गरिएको विवरण कम्प्युटरमा टाइप भइरहेकाले त्यसलाई चाँडै नै वेवसाइटमा राखिने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए ।

उनले नाकामा कोरोनाको चेकजाँच भएपनि त्यसले मात्रै प्रयाप्त नहुने भएकाले वेवसाइटमा विवरण राख्दा घर फर्किएपछि पनि उनीहरुको स्वास्थ्य अवस्था बुझ्न सजिलो हुने बताए ।

उनका अनुसार यसरी भित्रिने हरेक नेपालीको नाम, ठेगानासहित अन्य विवरण संकलन गरिने भएकाले सम्बन्धित स्थानीय तह, सुरक्षा निकाय र स्वास्थ्य कार्यालयले समेत वेवसाइटमा हेरेर निगरानी गर्न सक्नेछन्  ।

यसले कोरोना भारइरसको संक्रमणबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न प्रभावकारी हुने उनको भनाई छ ।

भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि पश्चिमी नाका गड्डाचौकी हुँदै १९ दिनमा ६५ हजार ४ सय ४८ जना भित्रिएका छन् ।