 
	    एजेन्सी । कोराना भाइरसको रोकथाम र नियन्त्रणका लागि जर्मनीमा दुईजना भन्दा बढी भेला हुन नपाउने नियम लागू गरिएको छ ।
जर्मन सरकारले आजदेखि लागू हुने गरेको नियम अनुसार सार्वजनिक स्थानमा दुईजना भन्दा बढी भेला हुन पाउने छैनन् ।
यसैबीच जर्मन चान्सलर एन्जेला मर्केलले टेलिभिजनमार्फत सम्बोधन गर्दै कोरोना भाइरसविरुद्ध लड्न सबैले नियम पालना गर्न आग्रह गरेकी छिन् ।
जर्मनीमा अत्यावश्यक बाहेकका सबै पसलहरु यसअघि नै बन्द भइसकेका छन् भने सैलुन, ब्युटिपार्लर र मसाज स्टुडियो पनि आजदेखि बन्द भएका छन् ।
टेलिभिजन सम्बोधनलगत्तै चान्सलर मर्केल पनि क्वारेन्टाइनमा बसेको मार्केलको कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
उच्च ज्वरो र निमोनिया भएपछि उनलाई क्वारेन्टाइनमा राखिएको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्