Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


२० देखि ४० वर्षका महिलामा थाइराइडको संक्रमण उच्च, यी हुन् लक्षण


4.7k
Shares

काठमाडौं । पछिल्लो समय नेपालमा वयस्क महिलाहरूमा थाइराइडको समस्या बढ्दै गएकोप्रति विज्ञहरुले सचेत गराएका छन् ।

थाइरायडका बिरामीहरु संसारभर नै बढीरहेका छन् । नेपालमा पनि २० देखि ४० वर्ष उमेर समूहका महिलाहरूमा थाइराइडको समस्या बढी देखिन थालेको हो । विशेष गरेर थाइराइड हाइपो, हाइपर, गोइटर, थाइराइड क्यान्सरसहित ४ किसिमका हुन्छन् ।

थाइराइड रोग विशेषज्ञ डा. सुनिल पोखरेलका अनुसार सबैभन्दा कमन देखिने हाइपो थाइराइडिजमलाई नियन्त्रण गर्न नसके यसले मानिसलाई गम्भीर असर पार्नसक्छ । यसको बेलैमा उपचार गरे निको हुने सम्भावना रहेको उहाँको भनाइ छ ।

थाइराइडका कारण कपाल झर्ने, आँखा सुक्खा भएजस्तो हुने, घाँटीमा केही कुरा अड्किएको जस्तो हुने, थुक निल्न अफ्ठ्यारो हुने, हातखुट्टा फतक्क गलेको जस्तो हुने, तौल बढ्दै जाने, प्रेसर बढ्ने, कोलेस्टरल बढ्ने, गर्भावस्थामा थाइराइड नियन्त्रण गर्न नसकिए सुस्त मनस्थितिको बच्चा जन्मिने लगायतका समस्या हुने पनि डा. पोखरेलको भनाइ छ ।

त्यस्तै बढ्दो उमेरको बच्चामा थाइराइड देखियो भने बच्चाको उचाइ नबढ्ने पनि हुनसक्छ । भर्खर जन्मिएको बच्चामा पनि यो देखिनसक्ने र बुढेसकालमा पनि थाइराइडको जोखिम त्यत्तिकै रहेकाले बेलाबेलामा स्वास्थ्य चेकजाँच गराइरहन उहाँको सुझाव छ ।