Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


स्याङ्जामा पुलबाट खस्दा ८ जना घाइते


949
Shares

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर–८ मा रहेको निर्माणाधीन दामाचौर रामपुर जोड्ने पुलबाट खस्दा ८ जना घाइते भएका छन् ।

घाइते हुनेमा बाराका राम निवास कुमार पटेल, रौतहटका प्रेम धन पटेल, भारत बिहारका धनन्जय ठाकुर, सोही ठाउँका सुजित कुमार यादव, हरिहरपुरका जितेन्द्र पटेल, रघुनाथ राव, अनुप कुमार राव र गोरखा मिरासन गाउँपालिकाका सुजन परियार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय चापाकोटका प्रहरी नायव उपरिक्षक खरग नारायण शाहले निर्माणधिन दामाचौर–रामपुर पाल्पा जोडने पक्की पुल क्रेनले फलामको बिममाथि उचाल्ने क्रममा अचानक विमसहित कामदारहरु खस्न जाँदा उनीहरु घाइते भएको जानकारी दिनुभयो ।

घाइतेमध्ये भारत बिहारका धनन्जय ठाकुर, बाराका राम निवास कुमार पटेलको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।