 
	    एजेन्सी । भारतमा आज जनता कर्फ्यु लगाइएको छ । बिहान ७ बजेबाट शुरु भएर राति ९ बजेसम्म जनता कर्फ्यु रहने छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि आज एक दिनका लागि यो व्यवस्था गरिएको हो ।
यो घोषणालाई ध्यानमा राखी निजी र सरकारी संस्थाहरुले बन्दको घोषणा गरेका छन् । सम्पूर्ण बजार बन्द रहने छ ।
भारतीय नागरिकलाई कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट जोगाउन यस्तो कदम चाल्नुपरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।
उनले बिहीबार देशवासीको नाममा सम्बोधन गर्दै देशवासीलाई आफैं अलग्गै घरमा बस्न आह्वान गरेका थिए ।
भारतमा कोरोना भाइरसका कारण पाँच जनाको मृत्यु भएको छ भने, तीन सय ३० जना संक्रमित छन् । भारतमा संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ ।
प्रधानमन्त्रीले सम्बोधनका क्रममा पहिले झैं बजारमा जाने वा घुम्ने काम नगर्न पनि आग्रह गरेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्