
एजेन्सी । भनिन्छ भाग्य बदलिन समय लाग्दैन । बेलायतका एक प्लम्बर (धाराको काम गर्ने व्यक्ति) को जीवनमा पनि त्यस्तै भएको छ ।
प्लम्बरको जीवन विताइरहेका केव क्राने नामका ती प्लमबर अव भने हलिउड फिल्ममा देखा पर्ने भएका छन् । एक संगीत निर्माताको घरको शौंचालयमा काम गर्दै गर्दा उनले गाएको गित सुनेर ती संगीत निर्माता प्रभावित भएपछि प्लम्बर हलिउडमा प्रवेश गरेका हुन् ।
बेलायती पत्रीका ‘द मिरर’ का अनुसार साधरण जिन्दगी बिताइरहेकोमा क्राने अब एका एक चर्चामा आएका छन् । कामको सिलसिलामा केव संगीत निर्माता पोल कोनलीको घरमा प्लम्बरको कामका लागि गएका थिए । उनले बाथरुममा काम गर्दै गर्दा गीत गुनगुनाएका थिए । उनको उक्त गीतबाट ती संगीत निर्माता निकै प्रभाबित भए । उनले केवसँग गीत रेकर्ड गर्ने घोषणा गरे र गीत पनि रेकर्ड गरे । त्यस्तै हलिउडका एक फिल्म निर्माताले केवको कथालाई लिएर फिल्म बनाउने घोषण गरेका छन् ।
प्लम्बरको काम सँगै केवले गीत रचना गर्ने काम पनि गर्थे । संगीत निर्माताले गायनको लागि केवसँग सम्झौता गरेको केहि दिनपछि उनको पहिलो एल्बम ‘ह्वाइ कान्ट आइ बी यु’ रिलिज भएको थियो ।
केवको यो गित निकै चर्चामा आएको थियो । त्यसपछि केवले अन्य थुप्रै गीतहरू गाए । केवको गीत रिलिज भएपछि उनको कथा सामाजिक सञ्जालमा भाइरल भएको थियो ।हालै लस एन्जलस स्थित फिल्म निर्माता स्टेसी शर्मन र अमेरिकी पटकथा लेखक र निर्माता बिली रेले केबको कथालाई छिट्टै फिल्म मार्फत देखाउने भएका छन् । आफ्नो यो यात्राको बारेमा केवले भनेका छन् –“यो सबै सपना जस्तै लागिरहेको छ ।”
हुन पनि सुरुमा गीत रेकर्ड गरेका केवलाई आफ्नो जीवनीलाई लिएर फिल्म पनि बन्ने भएपछि निकै खुशी लागेको छ ।केवले अहिले पनि प्लम्बरको काम भने छोडेका छैनन् । उनी गीत रेकर्डको समयमा गित रेकर्ड गराउन जान्छन् । अरु समय प्लम्बरको काममा नै ब्यस्त रहन्छन् ।
प्रतिक्रिया दिनुहोस्