
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले इरानमा लगाइएको प्रतिबन्ध हटाउन माग गरेका छन् ।
इरानमा लगाइएको अन्यायपूर्ण प्रतिबन्ध हटाएर महामारीको रुपमा फैलिएको कोरोनाविरुद्धको लडाइँमा एकजुट हुन समेत प्रधानमन्त्री खानले आग्रह गरेका छन् ।
उनले कोरानाको संक्रमण विश्वभर फैलिरहेका बेला इरानमा लगाइएको प्रतिबन्ध हटाउन अन्तर्राष्ट्रिय समुदायले पहल गर्नुपर्ने प्रधानमन्त्री खानको भनाइ थियो ।
विश्वले प्रकोपको सामना गरिरहेका बेला अमेरिकाले लगाएको प्रतिवन्ध लगाउनु जायज नभएको उनको दावी थियो ।
प्रधानमन्त्री खानले इरानमा फैलिएको महामारी नियन्त्रणका लागि आफूले सक्दो सहयोग गर्ने उनले प्रतिवद्धतासमेत व्यक्त गरे । यसैबीच इरानमा २० हजार जना भाइरसबाट संक्रमित भएका छन् ।
भाइरसका कारण एक हजार पाँच सय जनाको मृत्यु भइसकेको छ । कोरोनाको प्रभाव बढ्दै गएपछि इरानले असल आचरण भएका कैदीबन्दीलाई धमाधम मुक्त गर्न थालेको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्