 
	    काठमाडौं, चैत ७ । प्राप्त पछिल्लो तथ्याङकअनुसार कोरोनाभाइरसका कारण विश्वभर १० हजार ४ सय ६ जनाको मृत्यु भएको छ ।
१ सय ८३ मुलुकमा फैलिसकेको कोरोनाभाइरसका कारण २ लाख ५३ हजार ७ सय ९६ जना संक्रमित भएका छन् । १ लाख ५४ हजार ३ सय २८ जनाको उपचार भइरहको छ ।
तीमध्ये ७ हजार ४ सय ५८को गम्भीर रहेको छ । कोरोनाकोउद्गम चीनमा भन्दा इटलीमा मृतकको संख्या धेरै भएको छ । इटलीमा मृतकको संख्या ३ हजार ४ सय ५ पुगेको छ ।
इरानमा १४ सय ३३ जनाको मृत्यु भएको छ । स्पेनमा मृतकको संख्या १ हजार २ पुगेको छ । जर्मनीमा ४४, अमेरिकामा २ सय १७, फ्रान्समा ३ सय ७२, दक्षिण कोरियमा ९४, स्विजरल्यान्डमा ४३, नेदरल्याण्डस्मा ७६ त्यसैगरी बेल्जियममा ३७ जनाको मृत्यु भएको छ ।
भाइरसको संक्रमण फैलिएसँगै युरोपका विभिन्न देशहरुले अधिकांश व्यवसाय बन्द गर्नुका साथै सार्वजनिक स्थलमा हिडडुल र जमघटमा प्रतिवन्ध लगाएका छन् ।
यसैबीच विश्व बैंक, युरोपेली केन्द्रीय बैंक लगायतका संस्थाले महामारी नियन्त्रणका लागि आपतकालीन कोषहरु स्थापना गर्न थालेका छन् ।
ती संस्थाहरुले कोरोनाको जोखमका कारण बढ्दै गएको महामारी नियन्त्रणका लागि कोषको रकम खर्च गर्न सकिने बताएका छन् । (एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्