१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


मकवानपुरमा बसको ठक्करबाट पैदलयात्री पुरुषको मृत्यु


143
Shares

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहीबार बिहानै बसको ठक्करबाट पैदलयात्री पुरुषको मृत्यु भएको छ ।

बिहान सवा ४ बजे बागमती प्रदेश ०३–००१ ख १३६५ नम्बरको बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल हेटौडामा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बस सहित चालक इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरले नियन्त्रणमा लिएको छ ।