
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले आफू मन्त्री भएपछि उडान विस्तारलाई तीव्रता दिएकाे दावी गर्नुभएकाे छ । उहाँले दिल्लीमा प्रत्येक दिन दुईवटा उडान हुने बताउनुभएको हाे ।
आज (बुधबार) नाटाले काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री आलेले बैंककमा हप्तामा दुई वटा र साउदी अरेबियाको रियादमा हप्तामा तीन वटा उडान भर्ने गरी तयारी भैरहेको पनि बताउनभयाे ।
मन्त्री आलेले मार्च २१ गतेदेखि मुम्बईमा हप्ताको तीन वटा र मार्च २५ देखि बैङ्लोरमा पनि हप्तामा तिनवटा उडान भरिएको बताउनुभएकाे छ। मन्त्री आलेले आफूले मन्त्रालय सम्हालेदेखि ग्राउन्डेड भएर बसेका जहाजहरुलाई अधिकतम समय आकाशमा उडाउने काम भएको बताउनुभयो । पहिले ४ देखि ५ घण्टा उडान भर्ने जहाजले हाल १० देखि १३ घण्टासम्म उडान भर्ने गरेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले खतरायुक्त सामग्रीहरु ल्याउने सर्टिफिकेट पनि नेपाल एयरलाईन्सले प्राप्त गरेको बताउनुभयो । मन्त्री आलेले क्यासिनोहरुको रोयल्टि र नवीकरण तथा अन्य होटल व्यवसाय दस्तुरमार्फत सरकारले १ अर्ब रुपैयाँ संकलन गरेको समेत बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले रोयल्टि रकम बुझाउन अटेर गर्ने ३ वटा क्यासिनोको लाईसेन्स रद्द गरिएको बताउनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्