१२ श्रावण २०८२, सोमबार | Mon Jul 28 2025


प्रचण्डले गरे कुलमानकाे प्रशंसा


390
Shares

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रशंसा गर्नुभएकाे छ ।

आज (बुधबार) चितवनमा पत्रकारसँग कुरा गर्दै उहाँले आगामी ४० वर्षसम्मको लोड धान्न सक्ने गरी विद्युतको पूर्वाधार बनाईदिन आग्रह समेत गर्नुभएको हाे।चितवनको राप्ती नगरपालिकामा निर्मित हर्दी सबस्टेशनको उद्घाटन कार्यक्रममा उहाँले अहिलेको सब स्टेशनले दुई–तीन वर्ष धान्ने र फेरि समस्या आउन सक्ने भन्दै उहाँले थप पूर्वाधार बनाईदिन आग्रह गर्नुभएको हो ।

मकवानपुर, चितवन र नवलपुरलाई समेटेर विकास प्राधिकरणको नयाँ अवधारणाबाट छलफल भईरहेको जानकारी पनि दाहालले दिनुभयो । विद्युतको मदतबाट यातायात, कृषि, शिक्षा, सिंचाई लगायतका क्षेत्रमा आमूल परिवर्तन गर्ने दिशामा मुलुक पुगेको समेत बताउनुभएकाे छ ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणले विद्युतीकरणको क्षेत्रमा प्रगति गरे जस्तै अरु मन्त्रालयले काम गरे देश बनाउन धेरै वर्ष नलाग्ने बताउनुभयाे।