Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


विमस्टेक शिखर सम्मेलन आजदेखि श्रीलंकामा सुरू हुँदै

प्रधानमन्त्री देउवाले अहिले केही बेरमा सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै

481
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलन आज बुधबारदेखि श्रीलंकाको राजधानी कोलोम्बोमा सुरू हुँदैछ ।

सम्मेलनमा आयोजक श्रीलंका, बंगलादेश, भारत, भुटान, नेपाल, थाइल्यान्ड र म्यानमार सहभागी छन् ।

प्रधानमन्त्री देउवाले अहिले बिहान ९ बजे मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाट भर्चुअल सम्बोधन गर्न लाग्नु भएको हो ।

बिमस्टेक सम्मेलनमा सहभागी हुन परराष्ट्र मन्त्री डा. नारायण खड्का मंगलबार कोलोम्बो पुगिसक्नुभएको छ । सदस्य राष्ट्रका विदेशमन्त्रीहरु तथा अधिकारीहरु सहभागी सम्मेलनको अध्यक्षता श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षेले गर्नु हुनेछ ।

आयोजक बाहेक अन्य सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुले भने सम्मेलनलाई भर्चुअल सम्बोधन गर्ने तय भएको छ । बिमस्टेकको चौथों शिखर सम्मेलन सन् २०१८ मा काठमाडौंमा भएको थियो ।