Logo २९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026


नेपाल बैंकले मनायो विश्व वित्तीय साक्षरता सप्ताह


169
Shares

काठमाडौं । नेपाल बैंकले पनि राष्ट्र बैंकको मार्गदर्शन अनुरुप विश्व वित्तीय साक्षरता सप्ताहका अवसरमा थुप्रै कार्यक्रम गरेको छ ।

बैंकले यो वर्ष नै वित्तीय साक्षरता वर्षका रुपमा अघि बढाएको जनाएको छ ।

बैंकका प्रवक्ता र प्रमुख सूचना अधिकृत समेत रहनुभएका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले यो बर्ष नै वित्तीय साक्षरता सम्बन्धी डेढ सय बढी कार्यक्रम गरिएको र १० हजार बढी युवा लाभान्वित भएको दाबी गर्नुभयो ।

वित्तीय साक्षरतासंगै बैंक खाता नै खोल्न प्रेरित गर्ने उद्देश्यले बैंकले खाता नै नभएकालाई एक सय रुपैयाँ बचत गरिदिने समृद्ध नेपाल बचत खाता जस्ता योजना नै सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।