Logo ९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026


राजनीतिलाई कमाई खाने भाडो बनाउन हुँदैन् : नेता सिंह


546
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीति विशुद्ध समाजसेवाको क्षेत्र भएको बताउनुभएको छ । पछिल्लो समयमा राजनीतिलाई कमाई खाने भाडो बनाउनेहरुका कारण जनतामा राजनीतिप्रति निराशा छाएको बताउनु भएको छ ।

आज शनिबार राजधानीको बानेश्वरमा ‘घर घरमा जाउ कांग्रेस जिताउ’ अभियानको क्रममा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले सो कुरा बताउनुभएको हो ।

नेपालका कम्युनिष्ठहरुको दोहोरो चरित्रका कारण देशमा अस्थिरता निम्तिएको बताउदै कांग्रेसले लिएको नीति र अडान कै कारण आजसम्मका हरेक राजनीतिक आन्दोलन सफल भएको र मुलुक अस्थिरतामा जानबाट जोगिएको नेता सिंहको तर्क छ । सत्तामा रहेकाहरुले देशको हितलाई ध्यानमा राखेर काम गरेमा नागरिकले चाहे अनुसारको समृद्धि प्राप्त गर्न सक्ने उहाँको भनाई छ ।

गठबन्धनको विषयमा धेरै कुरा उठिरहेकाले कुन परिस्थितिमा गठबन्धन निर्माण भएको हो त्यो पनि बिर्सन नहुने भन्दै नेता सिंहले गठबन्धनको बिरोध गर्नु भन्दा पनि परिस्थिति ख्याल गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । उहाँको मुलुकको आवश्यकतालाई हेरेर स्थानीय निर्वाचनमा गठबन्धनबारे कांग्रेसको केन्द्रीय समितिले निर्णय गर्नु पर्ने बताउनुभयो ।