Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


सूर्य चिन्ह नहुँदैमा निर्वाचनमा कुनै पनि अप्ठ्यारो पर्दैन : अध्यक्ष नेपाल


91
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सूर्य चिन्ह नहुँदैमा आफ्नो पार्टीलाई निर्वाचनमा कुनै पनि अप्ठ्यारो नपर्ने बताउनुभएको छ ।

अध्यक्ष नेपालले कलम चिन्ह लिएर राष्ट्रियसभा निर्वाचनमा विजयको सुरुवात भइसकेको उल्लेख गर्दै सूर्य चिन्ह नहुँदैमा आगामी निर्वाचनमा कुनै अप्ठ्यारो नपर्ने दाबी गर्नुभएको हो ।

कसैकसैले पार्टी भित्रैबाट सूर्य चिन्ह नहुँदा अप्ठ्यारो पर्छ कि भनेर भन्ने गरेको उल्लेख गर्दै उहाँले अप्ठ्यारो होइन् कलम चिन्ह लिएर जितको सुरुवात भईसकेको बताउनुभयो ।

पार्टी निकट मजदुरहरुको संगठन एकीकृत ट्रेड युनियन महासंघ, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टीले कलम चिन्ह लिएर दोस्रो चरणको राष्ट्रियसभा निर्वाचनमा पनि जित हासिल गरेको स्मरण गराउनुभयो ।

अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा पनि जित हासिल गर्नका लागि आफूहरुले बामलोकतान्त्रिक शक्तिहरुसँग मिलेर जाने विषयमा छलफल चलाई रहेको बताउनुभयो ।

अध्यक्ष नेपालले केपी ओली नेतृत्वको एमालेलाई गफाडीको संज्ञा दिनुभयो । त्यसले सरकारमा हुँदा पनि गफबाहेक अरु केही पनि काम नगरेको बताउनुभयो ।