 
	    काठमाडौं, चैत्र ५ । कोरोना भाइरसको महामारीका कारण युरोपमा त्राहिमाम् भएको छ । युरोपभर फैलिएको कोभिड–१९ ले अहिले दैनिक हजारौं मानिसमा नयाँ संक्रमण देखिएको छ ।
मृत्यु हुुनेको संख्या दैनिक सयौं काट्न थालेपछि चीनबाट फैलिएको यस ज्यानमारा भाइरसका कारण मानिस त्रसित बनेको छन् ।
मंगलबार मात्र ११ हजार व्यक्ति नयाँ संक्रमित भएको युरोपमा ५ सयभन्दा बढीको मृत्यु भएको जनाइएको छ । चीनपछि सबैभन्दा बढी प्रभावित बनेको इटालीमा २ हजार ५ सयभन्दा बढीको मृत्यु भैसकेको छ । मंगलबार एकै दिन इटालीमा ३४५ जनाले यसैका कारण ज्यान गुमाउँदा जर्मनीमा नौ जनाले ज्यान गुमाए ।
यूरोपको दोस्रो प्रभावित मुलुक स्पेनमा ५३३ जनाको मृत्यु भैसकेको छ । मंगलबार स्पेनमा १ हजार ८ सयभन्दा धेरै नयाँ संक्रमित हुँदा जर्मनीमा २ हजार १ सय मा संक्रमण देखिएको जनाइएको छ । फ्रान्समा एक हजारभन्दा धेरै संक्रमण पाइएको छ भने २७ जनाको मृत्यु भएको खबर छ । 
बेलायतमा पनि मंगलबार मात्र १६ जनाको मृत्यु र करिब ५ सय व्यक्तिमा नयाँ संक्रमण देखिएको छ ।
एकै दिनमा ११ हजारभन्दा बढी मानिस संक्रमित हुँदा युरोपभर त्रास बढेको हो । युरोपेली मुलुकहरुले ३० दिनका आवतजावत मै प्रतिबन्ध लगाएका कारण युरोप पूरै ‘लक डाउन’को अवस्थामा पुगेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्