Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


उदयपुरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कदैं


0
Shares

उदयपुर । शिक्षक दरबन्दीको अभावमा सामुदायिक विद्यालयको गुणस्तर खस्कन थालेको छ ।

विद्यार्थी संख्या धेरै भएको विद्यालयमा आवश्यक शिक्षक नहुंदा शैक्षिक गुणस्तरमै असर पर्न थालेको हो ।

कतिपय माध्यमिक तहसम्म पढाइ हुने विद्यालयमा एउटा पनि माध्यमिक शिक्षकको दरबन्दी छैन ।

सुगम क्षेत्रका विद्यालयमा भने आवश्यकताभन्दा बढी दरबन्दी पाइएको छ ।

जिल्लामा शिक्षक, विद्यार्थी र कक्षाको अनुपातमा ८ सय ५५ शिक्षक अभाव रहेको शिक्षा विकास तथा समन्वय ईकाइ उदयपुरले जनाएको छ ।

९८ प्रतिशत बालबालिका विद्यालय पहुँचमा रहेको तथ्याङ्क रहे पनि  बीचैमा कक्षा छाड्ने र दोहोर्‍याउनेको संख्या निकै ठूलो रहेको छ । उदयपुरमा ४ सय ५१ विद्यालय रहेका छन् ।