खिलनाथ ताजपुरिया र सानु माली (इमेज)
काठमाडौं, चैत ४ । बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन गर्न गठित आयोगले माओवादी सशस्त्र द्वन्द्वकालमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएकाहरुको नाम सार्वजनिक गरेको छ ।
पदाधिकारी नियुक्तिको दुई महिना नबित्दै आयोगले नामहरु सार्वजनिक गरेको हो ।
संक्रमणकालीन न्याय निरुपणका लागि गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले २५ सय ६ जना बेपत्ता व्यक्तिको नाम सार्वजनिक गरेको छ ।
जसअन्तर्गत् सबैभन्दा बढी बर्दियामा २५४ जना रहेका छन् । त्यसपछि दाङबाट १२८ बेपत्ता भएको सूची छ ।
बेपत्ता व्यक्तिहरुको जानकारी गराउन आयोगले आग्रह गरेसँगै पीडित परिवारले दिएको उजुरीका आधारमा यी नामहरु सार्वजनिक गरिएको हो ।
करिब ९ महिना पदाधिकारीविहीन बनेको आयोगमा पदाधिकारी नियुक्त भएको दुई महिनापछि नामावली सार्वजनिक गरेको हो ।
आयोगले २०७६ माघदेखि २०७७ माघसम्मको एकवर्षे कार्ययोजनासमेत बनाएको छ ।
जसअन्तर्गत् कानुनी एवं संस्थागत सुधार, पीडित तथा सरोकारवालाहरुसँग अन्तरक्रिया, सत्यतथ्यको खोजीलगायत कार्यक्रमहरु छन् ।
बेपत्ताहरुको नाम सार्वजनिक गरेपछि अब पीडित परिवारहरुसँग सम्पर्क गरी अनुसन्धानलाई अघि बढाउने आयोगका सहसचिव ईश्वरीप्रसाद ढकाल बताउँछन् ।
बेपत्ता आफन्तजनको नाम सार्वजनिक भएपछि पीडित परिवारहरुले भने छिट्टै नै न्याय पाउने आशा गरेका छन् ।
आयोगले सार्वजनिक गरिएका नामहरुको थप छानबिन गरी पीडित परिवारलाई न्याय दिन ढिलाइ गर्नुहुँदैन ।









प्रतिक्रिया दिनुहोस्