काठमाडौं, चैत ५ । नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले अर्का सचिवालय सदस्य वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा एजेन्डा प्रस्तुत हुुँदै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले असहमति राखेको बताएका छन् ।
ईमेज च्यानलको कार्यक्रम ‘सम्भाष’मा कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले पार्टी एकताको विशेष परिस्थितिमा प्रस्ताव लैजानले विशेष विधि र प्रक्रिया तोकिएकोमा त्यो पूरा नगरी प्रस्ताव आएको र पार्टी अध्यक्षले गम्भीर असहमति जनाएको विषयमा पुनर्विचार हुनुपर्ने बताए ।
राष्ट्रियसभामा बाँकी रहेको एक पदमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने र त्यसमा प्रधानमन्त्रीले आफूलाई सहज लागेको व्यक्तिमात्र सिफारिस गर्ने भन्दै वामदेव गौतमप्रति प्रधानमन्त्रीले सहज महसुस नगर्ने बताए ।
नेकपा सचिवालयका बहुमत सदस्यले वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएको र त्यसलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीले मान्नुपर्ने अडान र प्रधानमन्त्रीले नमान्ने अडानकाबीच यो विवाद नेकपामा भुसको आगोझैं सल्किरहेको छ ।









प्रतिक्रिया दिनुहोस्