Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


‘कोरोना’ त्रासः सर्वोच्च अदालत बन्द गर्न सर्वोच्च बारको माग


0
Shares

काठमाडौं, चैत ४ । सर्वोच्च अदालत बार एसोसिएसनले ‘कोरोनाभाइरस’को विश्वव्यापी असरलाई ख्याल गर्दै कम्तीमा तीन हप्ताका लागि सर्वोच्च अदालत बन्द गर्न माग गरेको छ ।

मंगलबार बसेको सर्वोच्च बारको कार्यसमिति बैठकले सर्वोच्च अदालतका न्याायाधीश तथा कानुन व्यवसायीको स्वास्थ्यका लागि भन्दै यस्तो अनुरोध गरेको हो ।

देशका विभिन्न भागबाट यात्रा गरी सर्वोच्च अदालत आउनुपर्ने सेवाग्राही र कानुन व्यवसायीको भीड लाग्ने भएकाले कोरोनाभाइरसको सम्भावित जोखिमलाई ख्याल गर्दै अदालत बन्द गर्नुपर्ने सर्वोच्च बारको तर्क छ ।

संक्रमणको स्थितिलाई न्यूनीकरण गर्न र सावधानी अपनाउन बन्दी प्रत्यक्षीकरणबाहेकका अन्य मुद्दाको सुनुवाइ नगर्न पनि बारले माग गरेको हो ।

बारले आफ्नो निर्णयको जानकारी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई समेत गराएको छ ।