२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


मास्क प्रयोग गर्दा सावधान !


0
Shares

कोमल शेरचन र भूपेन्द्र खड्का (इमेज)

काठमाडौं, चैत ४ । नेपालमा ‘कोरोना’ संक्रमणको जोखिम बढेपछि व्यक्तिगत सुरक्षाका हिसाबले मास्क लगाउनेको संख्या बढ्दो छ । त्यसैले पनि बजारमा मास्कको अभाव चर्केको छ ।

तर, चिकित्सकहरु मास्क प्रयोग गर्न नजाने उल्टै स्वास्थ्य समस्या निम्तने बताउँछन् ।

विश्वव्यापी स्वास्थ्य संकट निम्त्याइरहेको कोरोनाभाइरसका कारण अहिले बजारमा मास्कको खपत बढेको छ ।

माग बढेपछि औषधि पसल, सहरी क्षेत्रका अधिकांश डिपार्टमेन्टल स्टोर र खुद्रा पसलमा समेत मास्कको अभाव छ ।

बजारमा मास्क उपलब्ध हुन छाडेपछि व्यापारीले अभाव सिर्जना गरेका छन् भने विभिन्न निकायले स्थानीय कच्चापदार्थबाट मास्क बनाउन थालेका छन् ।

चिकित्सककाअनुसार स्थानीय बजारमा उपलब्ध भइरहेको मास्क सामान्य संक्रमणबाट बच्ने विकल्पमात्र हो ।

नेपाली बजारमा सजिलै पाइने ‘सर्जिकल’ मास्क उत्पादक तथा आपूर्तिकर्ताले नियमित ल्याइरहेको भएपनि निश्चित व्यापारीले अभाव सिर्जना गरेर मूल्यमा मनोमानी गर्न थालेपछि केही स्थानीय निकायले आफ्नै अग्रसरतामा मास्क उत्पादन सुरु गरेका छन् ।

ललितपुर महानगरपालिकाले स्थानीय कपडामा स्थानीय मदिरा मिसाएर मास्क बनाइरहेको छ भने दाङमा अल्लोबाट मास्क बनाउन थालिएको छ ।

चिकित्सककाअनुसार यस्ता मास्क प्रयोग गर्दा सावधानी नअपनाएमा निरोगी व्यक्ति नै संक्रमणको सिकार हुने जोखिम हुन्छ ।

बजारमा मास्कको अभाव देखिएपछि उपभोक्ताले निरन्तर सरकारी निकायको ध्यानाकर्षण गराइरहेका छन् ।

गुनासो तथा उजुरीका आधारमा उपत्यकाका विभिन्न औषधि पसलमा योबीचमा अनुगमनसमेत भएको छ ।

केही औषधि पसलले मास्क लुकाएको भेटिएको छ भने केही व्यापारीको गोदामबाट लाखौंथान मास्क बरामद भएको छ ।

जसले बजारमा कृत्रिम अभाव सिर्जना गर्दा स्थानीय उपभोक्ताको माग सम्बोधनका लागि व्यवसायीले नयाँ–नयाँ उत्पादन सुरु गरेका छन् ।

जसले रोगको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न नदिनका लागिमात्र मद्दत गर्छ । संक्रमणबाट जोगिन त मास्कको प्रयोगभन्दा बढी व्यक्तिगत सरसफाइ नै महत्वपूर्ण उपाय हो ।

भिडियो हेर्नुहोस्