१४ श्रावण २०८२, बुधबार | Thu Jul 31 2025


खतरामा परेको संविधानको रक्षा गर्नु सरकारको मूल जिम्मेवारी हो : मन्त्री बडु


52
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय ब्यबस्था मन्त्री दिलेन्द्र बडुले खतरामा परेको संविधानको रक्षा गर्नु सरकारको मूल जिम्मेवारी भएको बताउनुभएको छ ।

सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को १६ औं वार्षिक साधारणसभा तथा सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलनलाई बुधबार नेपालगन्जमा उद्घाटन गर्दै मन्त्री बडुले अहिलेको सरकार विशेष परिस्थितिमा विशेष दायित्वका साथ बनेको भन्दै खतरामा परेको संविधानको रक्षा गर्नु सरकारको मूल जिम्मेवारी भएको बताउनुभएको हो ।

नेकपा एमालेले संविधान भन्दा बाहिर गएर सरकार सञ्चालन गर्दा समय अगाडि नै बाहिरिनु परेको उहाँले बताउनुभयो । देशको प्रधानमन्त्री हुँदा जनताको भावना बुझ्न नसकेको, देश र जनता भन्दा बाहिर गएर सरकार चलाउन खोजेकोले ओली सरकार समय अगाडि नै बाहिरिनु परेको उहाँको भनाइ छ ।

मन्त्री बडुले संविधान रक्षा र संवैधानिक सर्वोच्चताको लागि रेडियो प्रशारणको लक्ष्य बन्नुपर्ने बताउनुभयो । २०६२/०६३ को जनआन्दोलनपछि रेडियो अभियानले नयाँ गति लिएको भन्दै मन्त्री बडुले सरकार सामुदायिक रेडियोहरुको विकासका लागि सधैँ सकारात्मक र प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

उहाँले रेडियोहरुको नवीकरण शुल्क छुट, रोयल्टीमा ५० प्रतिशत छुट, विद्युत महसुलमा छुट लगायतको सहुलियत दिएर पनि सहयोग गरिरहेको बताउनुभयो ।