Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


माओवादी द्वन्द्वका घाइतेलाई राहत र सम्मान दिन माओवादीकाे माग


1.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर दश वर्षे सशस्त्र द्वन्द्वबाट पीडितहरुलाई राहत र सम्मान उपलब्ध गराइने विषयमा छलफल गर्नुभएको छ ।

आज (मंगलबार) अध्यक्ष प्रचण्ड बालुवाटार पुगेर देउवासँग सो विषयमा छलफल गर्दै ५ बुँदामा ध्यानाकर्षण गराएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभएको छ ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई बुझाएको ध्यानाकर्षण पत्रमा सशस्त्र द्वन्द्वमा घाइते अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन गर्नुपर्ने, विभिन्न आन्दोलनका घाइतेलाई जीवन निर्वाह भत्ताको व्यवस्था लगायत रहेका छन् ।

Skip This