Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


अशोक लेलैण्डको मेघा सर्भिस क्याम्प २०२२ सुरु


78
Shares

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्सद्धारा प्रवद्र्घित अशोक लेलैण्डले ‘ मेघा सर्भिस क्याम्प २०२२ ’ देशैभरी आफ्ना १५ सर्भिस सेन्टरहरुमा लागू हुने गरी सुरु गरेको छ ।

सर्भिस क्याम्पको आइएमई मोटर्सका निर्देशक निशान ढकाल, साझा यातायातका इन्जिनियर दिनेश श्रेष्ठ, गोल्डेन गूगल यातायातका सन्चालक रजन रोक्का, प्राईम यातायातका श्री श्रेष्ठ, साथै अन्य यातायात क्षेत्रमा विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा काठमाडौंमा संयुक्त रुपमा उद्घाटन गरिएको हो ।

यो योजना अन्तर्गत आफ्ना ग्राहकलाई केन्द्रित गर्दै पार्ट्समा ५०,लुब्रिकेन्टमा १२ र लेबर चार्जमा ३० प्रतिशतसम्म छुटका साथसाथै ४५ पोइन्ट निःशुल्क जाँच पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । यस सर्भिस क्याम्पको दौरान ग्राहकहरुले विभिन्न आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन् ।

यस सर्भिस क्याम्पको अफरहरु अशोक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सिएल सवारीका कुनै पनि मोडलका गाडीहरुमा लागु हुनेछ । ग्राहकले अशोक लेलैण्डका नेपालभर रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्त गर्न सक्नेछन् भने छुट कुपन पनि प्राप्त गर्न सक्ने छन् ।

सुरक्षित गाडीका लागि जेन्युअन पार्टस् प्रयोग गरौँ भन्ने नाराका साथ सुरु भएको यो योजना चैत ६ देखि ११ गतेसम्म मात्र लागु हुनेछ ।

Skip This