काठमाडौं, चैत ३ । नेपाल रेडक्रस सोसाइटीमा भएको अनियमितताबारे प्रतिनिधिसभाअन्तर्गत् महिला तथा सामाजिक समितिमा छलफल भएको छ ।
समितिको बैठकमा रेडक्रस सोसाइटीका प्रमुख सञ्जय थापाले रेडक्रस सोसाइटीमा कुनैपनि अनियमितता नभएको दाबी गरे ।
समितिका सदस्यहरुले गरेका प्रश्नमा अध्यक्ष थापाले रेडक्रस नाफामुखी नभएको र वार्षिक आय–व्यय पारदर्शी रहेको जिकिर गरे ।
विनाशकारी भूकम्पको वेला संस्थाका कर्मचारीलाई दिइएको भत्तासम्बन्धी जिज्ञासामा उनले ‘विशेष परिस्थितिमा कर्मचारीलाई भत्तालगायतका सुविधा दिनु कानुनसम्मत् हो’–भने ।
समितिका सदस्यहरुले नेपाल रेडक्रस स्थापनादेखिको हिसाब–किताब माग्दा अध्यक्ष थापाले त्यस्तो विवरण उपलब्ध गराउन नसकिने बताए ।









प्रतिक्रिया दिनुहोस्