Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


अमेरिकी दूतावासले गर्‍यो सबै भिसा प्रक्रिया रद्द


0
Shares

काठमाडौं ।कोरोना भाइरस (कोभिड-१९) का कारण अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाको नियमित अपोइन्टमेन्ट रद्द गरेको छ ।

यो चैत ४ गते (मंगलबार) देखि लागू गरिने छ । अमेरिकी दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यो जानकारी दिएको हो ।

दूतावासले लेखेको छ, ‘हामी जतिसक्दो चाँडो भिसा सेवा पुनर्सञ्चालन गर्नेछौं तर यस बखत भने निश्चित समय तोक्न असमर्थ छौं ।’

दूतावासले एमआरभी भिसा शुल्क जुन मुलुकमा भुक्तानी गरिएको छ सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहने जानकारी दिएको छ ।

यसका साथै, अति जरुरी कारणवश तुरुन्त यात्रा गर्नका लागि आकस्मिक अनुरोधका लागि  दूतावासले उपलब्ध गराएको निर्देशनको पालना गर्न अनुरोधसमेत गरिएको छ