Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


बैंकिङ तरलताको अभाव घर जग्गा कारोबारमा परेन कुनै असर


2.1k
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै भए पनि घर जग्गाको कारोबारमा भने कुनै प्रभाव नपरेको देखिएको छ ।

गत फागुन महिनाको विवरण हेर्ने हो भने बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि छ र ? भन्ने जस्तो तथ्य देखिन्छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत घर जग्गाको कारोबारमा कडाइ गरे पनि अवस्था त्यस्तो नभएको पाइएको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार फागुन महिनामा मात्रै ७४ हजार ३६ लिखत पारित भएको छ । यस्तै घर जग्गाको नामसारी मात्रै पाँच हजार नौ वटा भएका छन् ।

संशोधनतर्फ कूल चार हजार ५ सय ३९, हाल साविकतर्फ दुई हजार ६ सय ९३, घर जग्गा रोक्कातर्फ ३६ हजार ५ सय ७२ र फुकुवातर्फ कूल २४ हजार ७ सय ४९ रहेको विभागको विवरण छ । घर जग्गाको सबै विवरण हेर्दा फागुन महिनामा मात्रै एक लाख ६२ हजार ६ सय ७८ काम भएका देखिन्छ ।

गत माघमा कूल एक लाख ३२ हजार ५३ वटा घर जग्गाको काम भएको देखिन्छ । यस आधारमा पनि माघको तुलनामा फागुनमा बढी काम भएको स्पष्ट हुन जान्छ । विभागको विवरण अनुसार फागुन महिनामा घर जग्गाको कारोबारबाट मात्रै ६ अर्ब २६ करोड १६ लाख बराबरको राजस्व सङ्कलन भएको छ ।

रजिष्टे«शन दस्तुरबाट तीन अर्ब ७८ करोड ११ लाख, अतिरिक्त शुल्कबाट चार लाख दुई हजार, पुँजीगत लाभकरबाट एक अर्ब ४४ करोड ४६ लाख बराबरको राजश्व उठाइएको छ । सो महिना मात्रै घर जग्गाको कारोबारमा ५५ करोड ६५ लाख ९४ हजार बराबरको छुट समेत पाएका छन् ।