Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


लुम्लेलाई केन्द्र विन्दू बनाएर भूकम्प, स्थानीय तर्सिए


0
Shares

कास्की । कास्कीको लुम्लेलाई केन्द्र विन्दू बनाएर गएराति पाँच म्याग्निच्यूटको भूकम्प गएको छ ।

आइतबार राती पौने ९ बजे भूकम्प गएको हो । भूकम्पका कारण स्थानीय तर्सिएका थिए ।

कास्की, स्याङ्जा, पर्वत, वाग्लुङ, गुल्मी, तनहुँ र चितवनसम्म भूकम्पको ठूलो झड्का महसुश गरिएको थियो ।

भूकम्पबाट मानवीय क्षति भएको छैन भने अन्य क्षतिको विवरण पनि प्राप्त भएको छैन ।