 
	    एजेन्सी, चैत्र २ । कोरोना भाइरसका कारण इटालीमा मेयरको मृत्यु भएको छ । इटालीको चियेने नगरका मेयरको मृत्यु भएको हो ।
उत्तरी इटालीस्थित चियेने नगरका ७० वर्षीय मेयर गियोर्गियो भलोटीको कोरोना भाइरसका कारण मृत्यु भएको इटालियन सञ्चारमाध्यमले जनाएका हुन् ।
मार्च ७ देखि कोरोना संक्रमित उनको अस्पतालमा उपचार भइरहेको थियो । उनको कोरोना भाइरसका कारण फोक्सोको संक्रमण भएको जनाइएको छ । यो नगर कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित छ ।
इटालीमा हालसम्म कोरोना भाइरसका कारण १ हजार ४४१ जनाको मृत्यु भइसकेको छ भने २१ हजारभन्दा धेरै संक्रमित छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्