Logo १७ माघ २०८२, शनिबार | Sat Jan 31 2026


अहिले निजी क्षेत्रको मनोवल गिर्‍यो : अध्यक्ष गोल्छा


143
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलको अर्थतन्त्रको चुनौतिले निजी क्षेत्रको मनोवल उच्च रुपमा गिरेको बताउनुभएको छ ।

शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ५५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष गोल्छाले उद्योग क्षेत्रमा काम गरेकोे ३५ वर्षको अनुभवमा पहिलो पटक निजी क्षेत्रको मनोवल उच्च रुपमा गिरेको दाबी गर्नुभयो ।

पछिल्लो समय मुलुकको अर्थतन्त्र अत्यन्तै चुनौती पूर्ण अवस्थामा पुग्नुको मुख्यकारण बजारमा तरलता अभाव नै भएको जिकिर गर्नुभयो । तरलताको समस्या उद्योगी व्यवसायीहरुको मात्रै भएको भन्ने भ्रम नपाल्न भन्दै अध्यक्ष गोल्छाले यसले मुलुकको अर्थतन्त्रमा नै दूरगारी असर पार्नै तर्फ सचेत गराउनुभयो ।

त्यस्तै अध्यक्ष गोल्छाले सरकारले बस्तु आयातमा कडाई गर्ने नीति बनाउँदा उद्योगी व्यवसायीहरुसँग छलफल गरेर मात्रै ल्याउनु पर्नेमा त्यसो नभएकोप्रति असन्तुष्टि पनि जनाउनुभयो ।