Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


आयल निगम जग्गा खरिद प्रकरण फेरि संसदमा


0
Shares

काठमाडौं, साउन २५ । अघिल्लो संसदीय समितिले दिएको निर्देशन कार्यान्वयनमा नआएपछि नेपाल आयल निगमले इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा भएको अनियमितता फेरि संसदीय समितिमा प्रवेश गरेको छ ।

तल्कालीन उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले छानबिन गरी कारबाही गर्न तालुक मन्त्रालय र अख्तियारलाई दिएको निर्देशन परिणाममुखी नभएपछि सांसदहरुले निगमको जग्गा खरिद गर्दा भएको अनियमितताका विषयमा विभागीय मन्त्रीसँग जवाफ मागेका हुन् ।

उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा सांसद रामवीर मानन्धरले निगमको जग्गा खरिदमा भएको अनियमितताबारे उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको ध्यानाकर्षण गराएका थिए । मानन्धन यसअघिको संसदीय समितिमा निगमको जग्गा खरिद अनियमितता छानबिन समिति सदस्य थिए । तत्कालिन संसदीय समितिले जग्गा खरिदमा अनियमितता भएको ठहर गर्दै खरिदमा संलग्न अधिकारीमाथि छानबिन गरी कारबाही गर्न निर्देशन दिएको थियो । –नागरिक दैनिकबाट