 
	    एजेन्सी । कोरोना भाइरसको प्रकोपसंग जुधिरहेको इटलीका जनताले घर घरबाट राष्ट्रिय गीत गाएर कोरोनाविरुद्ध लड्ने प्रतिबद्धता जनाएका छन् ।
सांगीतिक बाजा बाहेक थाल समेत ठटाएर राष्ट्रिय गीतमार्फत उनीहरुले कोरोनाविरुद्ध एकजुट हुन आह्वान गरेका छन् ।
राजधानी रोमलगायत शहरका गल्ली गल्लीका घरका बालकोनीबाट सर्वसाधरणले गीत गाएर एक हुने र संक्रमणविरुद्ध लड्न हिम्मत नहार्ने दृढता व्यक्त गरेका छन् ।
इटलीका प्रख्यात गायक संगीत गुरु अलेस्यान्ड्र लियोले आफनो घरको बाल्कोनीबाट गीत संगीत प्रस्तुत गर्दै जनतालाई मनोरन्जन दिएका छन् ।
इटालीमा कोरोनाको माहामारी फैलिएपछि पूरै देशलाई क्वारेन्टाइनको अबस्थामा राखिएको एक हप्ता भएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्