Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


संसदमा दर्ता गरिएका दुई विधेयक आपसमा बाझिए


0
Shares

काठमाडौं, साउन २५ । सरकारले मंगलबार र बुधबार संसदमा दर्ता गरेका दुईवटा विधेयक एकापसमा बाझिएका छन् । 

संविधानको मौलिक हक कार्यान्वयन गर्न बनाइएको प्रजनन स्वास्थ्य विधेयक र संविधानको भाग दुईमा रहेको नागरिकता सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न ल्याइएको ऐन संशोधन विधेयक एक–अर्कासँग बाझिएका हुन् ।

स्वास्थ्य मन्त्रालयले बुधबार संसदमा दर्ता गरेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा बुबाको पहिचान हुन नसके आमाको नाम राखेर स्वास्थ्य संस्थाले शिशु जन्मेको प्रमाणपत्र दिनुपर्ने प्रावधान राखिएको छ ।

तर, मंगलबार गृहमन्त्रालयले संसदमा दर्ता गरेको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा भने बुबाको पहिचान हुन नसके आमा वा सन्तानले पुष्ट्याई पेश गरेमामात्रै नागरिकता प्रदान गर्ने प्रावधान राखिएको छ ।

मौलिक हक कार्यान्वयन गर्न बनाइएको विधेयकमा अस्पतालमा आमाको मात्रै परिचय खुलाए पुग्छ भने संवैधानिक हक नागरिकता बनाउन आमा र बुबा दुवैको परिचय खुलाउनुपर्ने हुन्छ । –कान्तिपुर दैनिकबाट