काठमाडौं, चैत १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगी दाहालले पार्टी अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् ।
सोक्रममा दाहालले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकोमा ओलीलाई बधाइ दिए । अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका थिए ।
यस्तै, उनले समसामयिक राजनीतिक गतिविधिकाबारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएको दाहालको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणपछि शुक्रबारमात्रै त्रिवि शिक्षण अस्पतालबाट ‘डिस्चार्ज’ भएका थिए ।










प्रतिक्रिया दिनुहोस्