
काठमाडौं, चैत १ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘कोरोनाभाइरस’को संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन आह्वान गरेकी छन् ।
शनिबार ट्वीटमार्फत् उनले विश्वव्यापी महामारीको रूपमा फैलिएको ‘कोभिड–१९’ को संक्रमणबाट बच्न आवश्यक उपायहरू अवलम्बन गर्न आग्रह गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले सो रोगविरुद्धको विश्वव्यापी अभियानमा सबैलाई एकजुट हुन आह्वानसमेत गरेकी छन् ।
‘विश्वव्यापी महामारीको रूपमा फैलिएको नोबल कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै आवश्यक उपायहरू अवलम्बन गरौं ! यस रोगविरुद्धको विश्वव्यापी अभियानमा हामी सबै एकजुट होऔं !’–उनको ट्वीटमा लेखिएको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवल कोरोनाभाइरस (कोभिड–१९)को सङ्क्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै आवश्यक उपायहरू अवलम्बन गरौं ! यस रोग विरुद्धको विश्वव्यापी अभियानमा हामी सबै एकजुट होऔं !
— Bidya Devi Bhandari, President of Nepal (@PresidentofNP) March 14, 2020
प्रतिक्रिया दिनुहोस्