 
	    काठमाडौं, फागुन ३० । कोरोनाभाइरसको संक्रमणका कारण भारतमा पहिलो पटक एक व्यक्तिको मृत्यु भएको छ । ७६ बर्षीय एक पुरुषको कर्नाटकको कलबुर्गीमा मंगलबार मृत्यु भएको हो ।
उनी केही समयअघि साउदी अरबबाट फर्किएका थिए ।
ती व्यक्तिलाई डाक्टरहरूले कोरोना संक्रमण भएको अनुमान गरे पनि स्वास्थ्य जाँचको रिपोर्ट आइसकेको थिएन ।
उनको मृत्युपछि आएको रिपोर्टले उनलाई कोरोना संक्रमण भएको देखाएको कर्नाटक राज्यका वरिष्ठ स्वास्थ्य अधिकारीले जनाएका छन् ।
मृतकको सम्पर्कमा आएका व्यक्तिहरू खोज्ने, आइसोलेसनमा राख्ने लगायत काम भइरहेको कर्नाटक राज्य सरकारले जनाएको छ । योबाहेक कर्नाटकमा पाँच जना संक्रमित भेटिएका छन् ।
पछिल्लो पटक संक्रमित पाइएका व्यक्ति २६ वर्षीय पुरुष हुन् जो हालै ग्रिसबाट फर्केका थिए । (एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्