 
	    एजेन्सी, फागुन २९ । चीनले नोबल कोरोनाभाइरस (कोभिड–१९) महामारीको उत्कर्ष सकिएको दावी गरेको छ ।
आफ्नो देशमा यो भाइरसको उत्कर्ष सकिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले दावी गरेका हुन् । उनका अनुसार अब चीनमा कोभिड–१९ को महामारी ओरोलो लाग्न थालेको छ ।
बिहीबार बेइजिङमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता फेङले अहिले चीनमा संक्रमितको संख्या घट्दै गइरहेको छ र समग्रमा महामारीको अवस्था न्यून रहेको जानकारी दिए ।
। नोबोल कोरोना भाइरसको केन्द्र मानिएको हुबेई प्रान्तको उहानमा नै संक्रमितको संख्या एकमा झरेको र गत बुधबार आठ जनामा मात्रै संक्रमण देखिएको उनको भनाइ छ ।
हुवेई बाहिर पनि चीनको मुख्य भूमिमा सात जनामा मात्रै नयाँ संक्रमण देखिएको र ति मध्ये पनि ६ जना विदेश यात्राबाट आएकाहरु रहेको प्रवक्तालाई उधृत गर्दै सिह्न्वा नेटले उल्लेख गरेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्