२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


च्याम्पियन्स लिग: आर.बी लेप्जीग र एटलान्टा क्वाटरफाईनलमा प्रवेश


0
Shares

एजेन्सी । जर्मनीको आर.बी लेप्जीग र इटालीको एटलान्टा युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

राउण्ड अफ सिक्सटिनअन्तर्गत गएराती भएको दोस्रो लेगको खेलमा इंग्लण्डको टोटनह्याम हट्सपरलाई ३–० ले हराउँदै लेप्जीग क्वाटरफाईनलमा पुगेको हो ।

पहिलो लेगमा १–० ले विजयी भएको लेप्जीगले समग्रमा ४–० को परिणाम निकाल्यो । 

गएराती भएको अर्को खेलमा स्पेनको भ्यालेन्सीयालाई ४–३ ले हराउँदै इटालीको एटलान्टा पनि क्वाटरफाईनलमा प्रवेश गर्‍यो ।

एटलान्टाका लागि सबै चार गोल स्लोभेनियाका खेलाडी जोसिप इलीसीचले गरे । पहिलो लेगमा ४–१ ले विजयी भएको एटलान्टाले एग्रिगेटमा ८–४ को फराकिलो जित हात पार्‍यो ।

युएफा च्याम्पियन्स लिग फुटबलमा आज राती दुई खेल हुनेछन् । आज इंग्लण्डको लिभरपुलले स्पेनको एथ्लेटिको मड्रिडसँग खेल्दा फ्रान्सको पेरिस सेन्ट जर्मेन र जर्मनीको बोरुसीया डर्टमण्ड भिड्नेछन् ।