Logo ४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026


‘कोरोना’ त्रासः होलीको व्यापारमा असर, टिसर्ट र रङहरुको बिक्री प्रायः शून्य


0
Shares

कोमल शेरचन र राममान डंगोल (इमेज)

काठमाडौं, फागुन २६ । ‘कोरोनाभाइरस’ संक्रमणको त्रासले यस वर्षको होली पर्व प्रभावित भएसँगै होलीको व्यापारमा समेत असर परेको छ ।

यसपटक होलीका लागि तयार पारिएका टिसर्ट र रङहरुको बिक्री प्रायः शून्य हुन पुगेको छ ।

विश्वभर फैलिएको कोरोनाभाइरसको संक्रमणको सम्भावित जोखिमबाट जोगिन सरकारले यस वर्षको होलीमा पानी छ्यापाछ्याप नगर्न र रङहरु प्रयोग नगर्न गरेको आग्रहको असर रङ र होलीअंकित टिसर्टको व्यापारमा देखिएको छ ।

काठमाडौंका सडकदेखि ठूला व्यापारी महलहरुमा समेत ‘ह्याप्पी होली’ लेखिएको सेतो रङको टिसर्ट बिक्रीमा राखेको देख्न सकिन्छ । तर, पसलहरु सुनसान देखिन्छन् ।

व्यापारीहरुले टिसर्ट बिक्री नभएको गुनासो गरेका छन् ।

उसो त बजारमा ह्याप्पी होलीलगायतका सन्देश लेखिएको सेतो रङको टिसर्टमात्र होइन, रङहरुको पर्व फागुपूर्णिमामा रंगिबिरंगी रङहरुको व्यापारसमेत नराम्ररी घटेको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष एकचौथाइ पनि रङहरु बिक्री नभएको व्यापारीहरु बताउँछन् ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा राखेसँगै त्रास बढेको स्थितिमा सचेतता देखिनु सुखद् पक्ष हो ।

तर, रङहरुको पर्व होलीमा रङकै व्यापार चौपट हुनु भने व्यापारका दृष्टिले दुखद् हो ।

भिडियो हेर्नुहोस्