२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


एमालेको अवरोधकाबीच राणाविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेस


377
Shares

काठमाडौं । नेकपा एमालेको अवरोधकाबीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेस भएको छ ।

प्रतिनिधिसभाको आज (आइतबार) बसेको बैठकमा सो महाअभियोग प्रस्तावकर्ता माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रस्ताव पेस गर्नुभएको हो । सो प्रस्ताव पेस गर्दै उहाँले ४ महिनासम्म न्यायालयमा न्याय सम्पादन नभएको बताउनुभयो ।

उहाँले प्रधानन्यायाधीश राणाको कार्यक्षमताको अभाव देखिएको, कार्यपालिकामा हिस्सा खोजेको, न्यायिक सम्पादनमा विकृति बढेको बताउनुभयो ।